मुसुक्क मुस्काउने बानी सान्नानिको - मुक्तक



मुसुक्क मुस्काउने बानी सान्नानिको
नजिक बसि सुनौ कहानी सान्नानिको

छेउमै आउदै गर्मि हुन्छ जाडो याममा पनि
हेर कति उम्लिएछ जवानी सान्नानिको 
                         २०८०-१०-२०
                                   3rd Feb 2024
Share:

न तिमिसंग खुल्न सकेको छु - मुक्तक




न तिमिसंग खुल्न सकेको छु 
न त तिमिलाइ भुल्न  सकेको छु 

मन भन्छ तिमिबिना कसरी बाँचु
न तिम्रो मनमा फुल्न सकेको छु  
                      २०८०-०६-०३
                                   20th Sept 2023
Share:

के लेखौं आज - मुक्तक


के लेखौं आज यो, दिमाख खाली छ 
माया गर्छु भन्न उनको, मनै जालि छ ।

लेख्न कुनै शव्द छैन, न त भन्ने केहि  
मन्ले खाको नभेटेर, यो दिल खालि छ । 
                      २०७९-१०-१८
                                   1st Feb 2023
Share:

बिच पुषमा नयाँ बर्ष - मुक्तक



बिच पुषमा नयाँ बर्ष,भन्छन् मानिसहरू
नयाँ जोस आयो हर्ष, भन्छन् मानिसहरू

देशको माया सबैलाइ, लाग्ने कति-कती 
ढाका टोपी लाउन पर्छ, भन्छन् मानिसहरू 
                      २०७९-०९-१७
                                1st jan 2023
Share:

साच्चै हो के - मुक्तक

साच्चै हो के मलाई तिम्रो, माया चाहियो
कहिले बाँयाँ अनि मेरो, दायाँ चाहियो

एक्लै छु नि जिन्दगीमा, तिमी बिना सानू 
साथ दिन मलाई तिम्रो, छायाँ चाहियो 
                      २०७९-०४-१३
Share:

Pageviews Counter

Copyright © Tribikram Ghimire | By:- 'Tribikram Ghimire'