मेरो गाउँ

 मन्थली न.पा.8 चिसापानी


रामेछाप जिल्लाको चिसापानीको नामाकरण सन्दर्भमा एउटा किम्बदन्ति रहेको छ । जस अनुसार हालको चिसापानीको गढीडाँडा नेपाल-अंग्रेज युद्धताकाको एउटा सानो गढ थियो । यस कुराको पुष्ट्याई त्यस क्षेत्रमा प्राप्त हुने युद्धकालीन अवशेषबाट हुन्छ । त्यसै गढिमुनि देवीथान र भतेर चौर छ। जहाँ परम्परा देखिनै बनभोज खान जाने गरिन्थ्यो र उक्त चौरको केहि तल एउटा अति चिसो र मिठो पानीको मुहान छ । जुन कुवा अहिले पनि प्रचलनमा रहेको छ । यस कुवाको प्रशंसा निकै चलेकोले यस क्षेत्रलाई चिसापानी भन्ने गरिन्थ्यो । विस्तारै यस ठाँउमा अवस्थित गाँउ र हाल बनेको गाविस क्षेत्र यसै चिसापानीको प्रशंसाबाट नै चिसापानी भएको हो भन्ने सामाजिक किम्वदन्ति रहेको छ । पछि यसै स्थानको नाम चिसापानी राखिएको हो । रामेछाप जिल्लाको सदरमूकाम मन्थली नगरपालिकाो पश्चिमोत्तर दिशामा भागमा चिसापानी अवस्थित छ । भौगोलिक हिसावले यो स्थान २७ डिग्री २४ मिनेट र २७ डिग्री २६ मिनेटको उत्तरी अक्षांश तथा ८६ डिग्री ०१ 'मिनेट ३० सेकेण्ड र ८६ डिग्री ५ मिनेट को पूर्वी देशान्तर भित्र अवस्थित छ र २७ डिग्री २५ मिनेटको उत्तरी अक्षांशले बराबर दुई भाग हुने गरी काटेको छ । यसको सिमाना पूर्वमा मन्थली न.पा. वडा न १ र २   मन्थली  र वडा न ३ कठजोरसँग, उत्तरमा मन्थली न.पा.११ गेलु र मन्थली न.पा. १० चनखु  (बफर र महादेव खोला) सँग, पश्चिममा मन्थली न.पा.७ भटौली र मन्थली न.पा. १० पुरानागाँउ तथा दक्षिणमा मन्थली न.पा.७ भटौली  (कर्कले खोला) सँग जोडिएको छ । यस वडाको क्षेत्रफल १३६५.१७ हेक्टर(१०.०२ व. कि.मि.) रहेको छ । पूर्वमा तामाकोशीको किनाराबाट यस वडाको भू स्वरुपको उचाई दक्षिण-पश्चिम तर्फ बढ्दै गएको छ । तामाकोशीको किनारी भागमा यस वडाको भूमि ५०० मी. भन्दा पनि कम उचाईबाट शुरु भई दक्षिण तथा दक्षिण पश्चिमको सिमाना क्षेत्र गढि र घछिाप डाँडा १५०० मी. सम्मको उचाईमा उठको छ। यस वडाको सबैजसो भू-भाग पूर्व तथा उत्तरपूर्व तर्फ फर्केको छ ।

जनगणना २०६८ का अनुसार १४१२ पुरूष र १७७५ महिला गरि ६८६ घरधुरिमा  ३१७८ जनसंख्या बसोबास  गर्दछन् ।

बालुन नाच, लाखे तथा देवि नाच र लदि पुजा जस्तो लोपोन्मुख धार्मिक  र जातिय  परम्परा तथा सांस्कृतिले भरिपुर्ण चिसापानी जातिय सहिसुर्णले पनि भरिपुर्ण छ ।
चिसमपानि गढी, भिमसेन स्थान लगाएतका पर्यटकीय स्थलहरू रहेको यस स्थानले सदरमुकामको नजिकै रहेर पर्यटकिय क्षेत्रमा पनि निकै फट्को मरेको छ । साथै चिसापानी पुर्ण साक्षार घोषणा भैसकेको छ ।


तस्बिर:- हिमाल श्रेष्ठ

2 comments:

Pageviews Counter

Copyright © Tribikram Ghimire | By:- 'Tribikram Ghimire'